श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन
राष्ट्रिय समाचार समिति

असार ३१, २०८३

काठमाडौँ।  प्रतिनिधिसभाको आजको बैठकले अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं।८१) सर्वसम्मतबाट अनुमोदन भएको छ ।
बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो महासन्धिको ८१ नं बुँदा अनुमोदनका लागि प्रस्ताव  गर्नुभएको थियो ।
त्यसअघि उक्त महासन्धिको उक्त बुँदामाथि भएको छलफलमा क्रान्तिशिखा धिताल, गुरुप्रसाद बराल, रमेशकुमार मल्ल, कृष्णहरि बुढाथोकी, कमल सुवेदी, पारसमणि गेलाल, प्रभा कार्की, प्रमिला कुलुजु, गणेशबहादुर विश्वकर्मा, मनिष खनाल, हरिमोहन भण्डारी र राजन गौतमले भाग लिनुभएको थियो ।
उहाँहरुले स्वायत्त र सक्षम जनशक्तिको विकास गरेर प्रतिस्पर्धी र पारदर्शिता अपनाउन आग्रह गर्नुभयो । साथै श्रेणीविहीन कर्मचारीको सेवा सुविधा बढाउनुपर्नेमा सरकारले अस्थायी र करार कर्मचारीलाई हटाउन खोजेकामा चिन्ता व्यक्त गर्नुभयो ।
छलफलमा उठेका प्रश्नको जावफ दिँदै मन्त्री यादवले सो महासन्धिको नं ८१ को अनुमोदनले श्रम निरीक्षण प्रणाली र श्रमिकको अधिकार संरक्षणलाई सुदृढ बनाउने बताउनुभयो । “अनुमोदनपछि यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिनेछ”, उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ

उपराष्ट्रपति यादवबाट कतारका अमिरसमक्ष समवेदना पत्र हस्तान्तरण

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदित

किसानलाई सावधानी अपनाउन आग्रह

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति