सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित
राष्ट्रिय समाचार समिति

असार ३२, २०८३

काठमाडौँ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिनसम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतबाट यही असार ३१ गतेको आदेशअनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि सो कार्य स्थगित गरिएको जनाएको हो ।

आयोगले पूर्वन्यायाधीश, संवैधानिक आयोगका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारीबाहेकका अन्य सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण सङ्कलन गरिरहेको थियो ।

No data was found

आयोगले सम्पत्ति विवरण बुझाउने म्याद आजसम्मका लागि तोकेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मिटरब्याजबाट प्रभावितको माग सम्बोधन गर्न वार्ता टोली गठन

पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट

प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा

सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति