सकियो असार, सकिएन धादिङको रोपाइँ
गंगा सुनार

साउन १, २०८३

 

धादिङ । साउन महिना सुरु भए पनि धादिङमा असारे धान रोपाइँ सकिएको छैन । अघिल्लो बाली नपाकेको र पहाडी भू–भागका खेतमा मूल नपलाएका कारण समयमा रोपाइँ हुन नसकेको हो ।

जिल्लाभर धान रोपाइँ हुने क्षेत्रफलमध्ये ४० प्रतिशत खेतमा अझै रोपाइँ हुन सकेको छैन । चार हजार आठ सय १७ हेक्टर खेतमा रोपाइँ हुन बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ अधिकृत प्रेमबहादुर कुँवरले जानकारी दिनुभयो ।

No data was found

“हालसम्म छ हजार चार सय ७२ हेक्टरमा धान रोपाइँ भएको छ, जुन कुल धान खेतीयोग्य क्षेत्रफलको ५८ प्रतिशत हो”, उहाँले भन्नुभयो, “धेरैजसो पाखा खेतहरूमा रोपाइँ हुन पाएको छैन ।”

जिल्लाका १३ वटै पालिकामा रोपाइँ भइरहे पनि पर्याप्त पानी नपरेकाले खोलाखेतबाहेक अन्यत्र खेतमा रोपाइँ असहज बनिरहेको किसानहरूले बताएका छन् । खेतमा लगाएको मकै लगायतको बाली अझै पाकिसकेको छैन, बाली पाकेको खेतमा पनि पानीको मूल जरिसकेको छैन, त्यसैले रोपाइँमा ढिलाइ भएको किसानहरूको भनाइ छ ।

धादिङको पहाडी क्षेत्रमा रैथाने धान र खोलाको पानी लाग्ने खेतहरूमा युएस ३१२, मनभोग, राजभोग, कालोकाठे, सावित्री, मसिना लगायतका धान खेती हुँदै आएको छ । पछिल्ला वर्षहरूमा धेरै उत्पादन दिने हाइब्रिड धानप्रति किसानको आकर्षण बढ्दै गएको छ ।

जिल्लाभर ११ हजार एक सय ५९ हेक्टरमा धान रोपाइँ हुने भए पनि पानी र मौसमी प्रभावका कारण हालसम्म छ हजार चार सय ७२ हेक्टरमा रोपाइँ भएको छ भने बाँकी क्षेत्रमा पनि मौसम अनुकूल रहेसँगै किसानहरूले रोपाइँलाई तीव्रता दिएको कृषि विकास कार्यालय धादिङका कृषि अर्थविज्ञ अधिकृत प्रेमबहादुर कुँवरले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नागढुङ्गा सुरुङमार्गमा दौड

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

पुस्तक समीक्षा ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो

पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा

देशभरका छ वटा राजमार्ग अवरूद्ध

यो पनि पढ्नुहोस
गंगा सुनार