नेकपा संयोजक दाहाल स्वदेश फिर्ता
राष्ट्रिय समाचार समिति

साउन ३, २०८३

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्कामा आयोजित एसियाली संवाद कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ । भ्रमणका क्रममा उहाँले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तरराष्ट्रिय सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो ।
उद्घाटन सत्रमा संयोजक दाहालले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएका परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एसियाली जनआन्दोलनको अनुभव तथा २१औँ शताब्दीको समाजवादको राजनीतिक रूपरेखाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको संयोजक दाहालको स्वकीय सचिवालयले जनाएको छ । श्रीलङ्का भ्रमणका क्रममा संयोजक दाहालले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भ्युजका लागि गुरु–शिष्य सम्बन्धको गरिमा बेच्ने प्रवृत्ति ?

देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति