आज १० बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वीराजमार्गमा रात्रीकालिन सवारी आवागमन बन्द
पाविलन्युज

साउन ३, २०८३

धादिङ। वर्षातका कारण पहिरोको जोखिम बढेपछि आज राती १० बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वीराजमार्गमा रात्रीकालिन सवारी आवागमन बन्द गरिएको छ ।

रातीको समयमा भारी वर्षा हुँदा पहिरो झर्न सक्ने र सडक अवरोध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै धादिङ प्रशासन कार्यालय धादिङले पृथ्वीराजमार्ग अन्तर्गत पर्ने धादिङ जिल्लाभर रात्रीकालिन सवारी आवागमन पूर्ण रूपमा बन्द गराएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङले निकालेको सूचना अनुसार साउन ३ गते (आज) राति १०:०० बजेदेखि साउन ४ गते आइतबार बिहान ५:०० बजेसम्म सवारी आवागमनमा रोक लगाइनेछ । आम सर्वसाधारणको जिउ ज्यानको सुरक्षाका लागि जिल्ला भएर चल्ने तथा यस जिल्ला बाहिर जाने सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनहरू बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे (गौतम) ले जानकारी दिनुभयो ।

No data was found

सूचना अनुसार देशका विभिन्न भागमा भारी तथा अति भारी वर्षाको सम्भावना रहेको र चितवन, गोरखा, धादिङ, नुवाकोट लगायतका जिल्लाहरूमा रातिको समयमा सवारी आवागमनमा उच्च जोखिम रहेको छ । वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरोध हुन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै यो कदम चालिएको प्रशासनले जनाएको छ ।

यद्यपि, अत्यावश्यक सेवाका साधनहरू जस्तै एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधनहरू भने रोकटोक बिना निरन्तर सञ्चालन हुन पाउने छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भ्युजका लागि गुरु–शिष्य सम्बन्धको गरिमा बेच्ने प्रवृत्ति ?

देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु

यो पनि पढ्नुहोस
पाविलन्युज