धादिङ। धादिङको बेनीघाट रोराङ गाउँपालिका -१०स्थित जवाङ खोला क्षेत्रमा ढुङ्गामाटो र लेदोसहितको पहिरो खस्दा अवरुद्ध भएको मुग्लिङ-काठमाडौं सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
अविरल वर्षापछि आएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो। पहिरोसँगै माथिबाट निरन्तर ढुङ्गा झरिरहेकाले पहिरो हटाउने काममा कठिनाइ भएको थियो।
सडक अवरुद्ध हुँदा सयौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधन राजमार्गमै रोकिएका थिए भने यात्रुहरूले घण्टौँसम्म सास्ती व्यहोर्नुपरेको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार डोजर परिचालन गरी पहिरो हटाउने कार्य गरिएको थियो। निरन्तर खसिरहेको ढुङ्गाका कारण सडक खुलाउन समय लागेको भए पनि पहिरो पूर्ण रूपमा हटाई सडक दुईतर्फी सञ्चालनमा ल्याइएको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0