कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय समाचार समिति

साउन ५, २०८३

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनकी निर्देशक हुआ याङले आज शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपालमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि–खाद्य प्रणाली, विकास तथा दक्षिण–दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको थियो ।

सोअवसरमा मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षाको सुदृढीकरण तथा अन्तरराष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि सहकार्य अझ विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो ।

No data was found

भेटका अवसरमा सीमापार पशुरोग नियन्त्रण, जलवायु परिवर्तनअनुकूल कृषि विकास, कृषि प्रयोगशालाको क्षमता अभिवृद्धि तथा मान्यताप्राप्त प्रयोगशाला स्थापना, उच्च मूल्यका कृषि उपजको निर्यात प्रवर्द्धन तथा भौगोलिक सङ्केतसम्बन्धी कानुनी तथा संस्थागत व्यवस्थालाई सुदृढ तुल्याउने विषय छलफल भएको मन्त्रालयले जनाएको छ ।

उहाँहरुबीच दिगो, उत्थानशील तथा समावेशी कृषि तथा खाद्य प्रणाली विकासका लागि साझेदारीलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त भएको जनाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

जापानमा ‘क्रूर गर्मी’ को चेतावनी

मन्त्रिपरिषद्द्वारा मिटरब्याज पीडितसँग भएको सहमति अनुमोदन

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति