नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
राष्ट्रिय समाचार समिति

साउन ५, २०८३

काठमाडौँ। धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार परिसूचक ७.२५ अङ्कले बढेर दुई हजार ७२६.४९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले घटेर ४७२.४२ अङ्कमा पुगेको छ । त्यस्तै फ्लोट सूचक ०.१९ अङ्कले बढेर १८६.६२ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने स्थिर रहँदै १६०.०२ मा रहेको छ । आज विभिन्न कम्पनीका एक करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर रु छ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ मूल्यमा खरिद बिक्री भएका छन् ।

No data was found

विभिन्न १३ उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घटेको छ । आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी, १३ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

नेप्सेका अनुसार एभरेष्ट कलर लिमिटेड, कलङ्गा हाइड्रोपावर, बोटलर्स नेपाल ९बालाजु० लिमिटेड कम्पनीको मूल्य बढेको छ भने नबिल बैंक डिबेञ्चर, एनआइबिएल ग्रोथ फन्ड र कर्पोरेट डेभलमपेन्ट बैंकको सेयर मूल्य घटेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित

काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो

शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य छ : सभापति थापा

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति