मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
राष्ट्रिय समाचार समिति

साउन ५, २०८३

बागमती। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जिल्लाबाट गरिने राहदानीको अनलाइन फारम इन्ट्री कार्य केही समयको लागि स्थगित गरेको छ ।
कार्यालयका तर्फबाट प्रशासकीय अधिकृत सन्तोष सुवेदीले आज सूचना जारी गर्दै राहदानी विभागबाट नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने प्रक्रिया सुरू भएको जानकारी दिनुभयो ।
नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने प्रक्रिया प्रारम्भिक चरणमा रहेको भन्दै प्रशासनले प्राविधिक कठिनाइका कारण यस कार्यालयबाट अनलाइन फारम इन्ट्री गर्ने कार्य केही समयको लागि स्थगित गर्नुपर्ने भएको जनाएको हो ।
कार्यालयबाट अर्को सूचना जारी नभएसम्मको लागि वैकल्पिक व्यवस्था गर्नुहुन पनि प्रशासनले सबैमा आग्रह गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित

काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो

शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य छ : सभापति थापा

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति