पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
राष्ट्रिय समाचार समिति

साउन ६, २०८३

चितवन ।  नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस, भरतपुर महानगर समितिले आज यहाँ आयोजना गरेको ४४औँ बिपी स्मृति दिवसका अवसरमा उहाँले सो धारणा राख्नुभएको हो ।
यहाँ आयोजित  वृक्षरोपण कार्यक्रम पछि उहाँले स्थानीय पत्रकारसँग कुराकानी गर्दै  मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप हुने जिकिर गर्नुभयो । नेता आङ्देम्बेले पार्टी फुटाउन होइन, जुटाउन गोलबद्ध हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेसका नेता डा केदार नरसिंह केसी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो । भरतपुर–१० स्थित गेष्टहाउस पछाडिको खुला मैदानमा  वृक्षरोपण गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता

शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

सौर्य ऊर्जा र विद्युत् भण्डारण गर्न नयाँ प्रविधि सार्वजनिक

वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति