स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
राष्ट्रिय समाचार समिति

साउन ७, २०८३

इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आइआरजिसी) ले तीन वटा तेल ट्याङ्करहरूलाई स्ट्रेट अफ हर्मुजबाट जानबाट रोकेको उल्लेख गर्दै यीनीहरु मध्ये एउटामा विस्फोट पछि आगलागी भएको जनाएको छ ।

अमेरिकी सेनाद्वारा उक्साइएको र प्रलोभनमा परेका तीन वटा तेल ट्याङ्करहरू स्ट्रेट अफ हर्मुजको दक्षिणमा राखिएको मार्गबाट गुज्रने प्रयास गरिरहेको अवस्थामा नियन्त्रण्मा लिएको जनाइएको छ । इरानी मिडियाले उद्धृत गरेको विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाले सम्झौता नमानेर धोका दिएको र इरानको सहमति बिना जलमार्ग क्रस गर्न चाहने कुनै पनि जहाजले यस्तै अवस्था भोग्नु पर्ने उल्लेख गरिएको छ ।

अमेरिकी क्षेप्यास्त्रहरूले पश्चिमी इरानको अहवाज, रामसिर र एन्डिमेस्क सहरहरू, दक्षिणी इरानको बुशेहर आणविक उर्जा संयन्त्र नजिकैको पावर स्टेसन नजिकका स्थानहरूमा प्रहार गरेको र इराकी सिमानामा रहेको शालमचेह सहरमा दुई जनाको मृत्यु भएको इरानी मिडियाले जनाएको छ ।

No data was found

अमेरिकी सेन्ट्रल कमान्डले आक्रमणको उद्देश्य क्षेत्रीय जलमार्ग पार गर्ने नागरिक नाविकहरू र व्यावसायिक जहाजहरूलाई धम्की दिने इरानको क्षमतालाई अझ कम गर्नु रहेको जनाइएको छ भने हाल दुवै पक्षले स्ट्रेट अफ हर्मुजको नियन्त्रणका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस अघि संयुक्त राज्य अमेरिकाले पुल वा पावर प्लान्टहरुमा बम विस्पोट गरी नष्ट गर्ने बताउनु भएको थियो ।

सोहि विषयमा इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले सामाजिक सञ्जाल एक्स मार्फत इरानले आत्म रक्षा सिद्धान्त अपनाउने र आफ्नो पूर्वाधारसहित इरान विरुद्धको कुनै पनि आक्रमणको शक्तिशाली र निर्णायक जवाफ दिन बाध्य हुने बताउनुभएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

वरिष्ठ पत्रकार गुरागाईं र श्रेष्ठ पुरस्कृत

नेप्से परिसूचक १४ दशमलव १७ अङ्कले बढ्यो

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

चलचित्रकर्मी र सञ्चारमन्त्रीबीच चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो स् अध्यक्ष ओली

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति