‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन
राष्ट्रिय समाचार समिति

साउन ७, २०८३

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको ‘कानुन निर्माण तथा सुधार वर्ष’ अभियान सफल बनाउनका लागि उच्चस्तरीय समिति गठन गरिएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा गर्नुभएको थियो । उच्चस्तरीय समितिले प्रचलित कानुनहरूको पुनरावलोकन, संशोधन, खारेजी, संहिताकरण तथा संविधानबमोजिम आवश्यक नयाँ कानुन निर्माणका लागि आवश्यक सिफारिस छ ।
उच्चस्तरीय समितिको अध्यक्षमा मन्त्री गौतम रहनुहुनेछ । समितिमा विषयगत मन्त्री, महान्यायाधिवक्ता, नेपाल बार एशोसिएसनका अध्यक्ष, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव, सम्बन्धित मन्त्रालयका सचिव, नेपाल कानुन आयोगका सचिव तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सदस्य सचिव रहनुहुनेछ ।
मन्त्रालयले यो निर्णयमार्फत कानुन निर्माण तथा सुधारलाई व्यवस्थित, समयबद्ध र प्रभावकारी बनाउँदै संविधान अनुकूल, जनमैत्री र समसामयिक कानुनी प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

वरिष्ठ पत्रकार गुरागाईं र श्रेष्ठ पुरस्कृत

नेप्से परिसूचक १४ दशमलव १७ अङ्कले बढ्यो

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

चलचित्रकर्मी र सञ्चारमन्त्रीबीच चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो स् अध्यक्ष ओली

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति