नेप्से परिसूचक १४ दशमलव १७ अङ्कले बढ्यो
राष्ट्रिय समाचार समिति

साउन ७, २०८३

काठमाडौँ। धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १४ दशमलव १७ अङ्कले बढेर दुई हजार ७२६ दशमलव १७ मा पुगेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९८ अङ्कले बढेर ४७१ दशमलव ३० मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ७३ अङ्कले बढेर १८६ दशमलव ५८ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव २९ अङ्कले बढेर १५९ दशमलव ७३ मा पुगेको छ ।
आज विभिन्न कम्पनीका एक करोड ७७ हजार २२२ कित्ता सेयर रु चार अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये ११ उपसमूह बढ्दा दुई वटा घटेका छन् । आज १५३ कम्पनीको सेयर कारोबार बढेको छ भने १११ कम्पनीको सेयर घट्नुका साथै १२ कम्पनीको सेयर स्थिर रहेको हो ।
नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, स्नो रिभर लिमिटेड र अपोलो हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावर, रिलाइन्स स्पिनिङ मिल्सकालगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

वरिष्ठ पत्रकार गुरागाईं र श्रेष्ठ पुरस्कृत

नेप्से परिसूचक १४ दशमलव १७ अङ्कले बढ्यो

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

चलचित्रकर्मी र सञ्चारमन्त्रीबीच चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो स् अध्यक्ष ओली

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति