इच्छाकामनाका भूमिहीन ३४ परिवारलाई लालपुर्जा वितरण
पाविलन्युज

साउन ८, २०८३

जिल्ला भूमि समस्या समाधान समिति चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेको भूमि मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण तीव्र बनाएको छ।

No data was found

यसैबीच आजै झापाको कनकाई नगरपालिकामा पनि भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी पाँच परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरिएको छ।

सरकारले देशका विभिन्न ठाउँमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियानलाई निरन्तर अघि बढाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

इच्छाकामनाका भूमिहीन ३४ परिवारलाई लालपुर्जा वितरण

स्वामित्व विवाद समाधानका लागि सरकारलाई एनसेलको पुनः पत्र, ३ विकल्प प्रस्ताव

एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँ घट्यो सुन

वरिष्ठ पत्रकार गुरागाईं र श्रेष्ठ पुरस्कृत

यो पनि पढ्नुहोस
पाविलन्युज