काठमाडौँ। नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अनुसार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से १७.९० अङ्कले बढेर २७३४.६३ विन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार ४ अर्ब ६९ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ६ अर्ब २६ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३५३ वटा धितोपत्रको एक करोड ३७ लाख ६९हजार १०० कित्ता सेयर किनबेच भएको हो।
आज १५२ कम्पनीको सेयरमूल्य बढेको छ भने १०९ वटाको घटेको छ। यस्तै १५ कम्पनी स्थिर छन्।
शुक्रबार एभरेस्ट कलरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य ६५१ रूपैयाँ १० पैसा पुगेको छ।
यस्तै, आत्मनिर्भर लघुवित्तको मूल्य १४.४६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६ हजार ६५९ रूपैयाँ कायम भएको छ।
यसैगरी, १०५ सानिमा बैंक डिबेन्चरको मूल्य सर्वाधिक ८.९२ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार एक सय रूपैयाँ ५० पैसामा झरेको छ।
यसैगरी, कर्पोरेट डेभलपमेन्टको मूल्य ७.३८ प्रतिशतले घटेर कित्ता मूल्य एक हजार ३३३ रूपैयाँ ८० पैसामा सीमित भएको छ।
शुक्रबार रिडी पावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३७० रूपैयाँमा ३० करोड ९३ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.१४ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ।
उक्त कम्पनीको एक हजार ४६३ रूपैयाँमा २७ करोड ३४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी सात समूहको परिसूचक बढेको छ।
यसमध्ये बैंकिङ समूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशतले बढेको छ।