साढे ७ लाख घुससहित क्वार्टरबाटै पक्राउ परे सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख
पाविलन्युज

साउन ९, २०८३

भूमिगत जलस्रोत तथा सिँचाई विकास डिभिजन सर्लाहीका डिभिजन प्रमुख र मेकानिकल अधिकृत घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिभिजन प्रमुख सि.डि.हा.जी. अनुपमा ढकाल र मेकानिकल अधिकृत छैंठौ तुलाकान्त चौधरीलाई साढे ७ लाख घुससहित पक्राउ गरेको हो।

अख्तियार प्रवक्ता सुरेश न्यौपानेका अनुसार बोरिङ र मोटर जडान गर्ने कार्य सम्पन्न पश्चात सो कार्य वापतको रकम भुक्तानी गर्ने क्रममा दुस्ख हैरानी दिई सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचना र निवेदनका आधारमा बर्दिबासस्थित अख्तियारको कार्यालयबाट टोली खटिएको थियो।

No data was found

टोलीले डिभिजन प्रमुखको क्वार्टरबाटै ढकाल र चौधरीलाई ७ लाख ५० हजार घुस लिइसकेको र स्रोत नखुलेको थप ७१ हजार ११५ रूपैयाँसहित पक्राउ परेको हो।

उनीहरूबाट तीनवटा मोबाइल समेत बरामद गरिएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

साउन ११ अर्थात सोमबारबाट नागढुंगा सुरुङ सञ्चालन हुँदै

एमाले र नेकपाबीच प्रदेशमा सहकार्य गर्ने सहमति

धादिङमा एक वर्षमा ८४३ किलो गाँजासहित ७० जना पक्राउ

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

साढे ७ लाख घुससहित क्वार्टरबाटै पक्राउ परे सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख

यो पनि पढ्नुहोस
पाविलन्युज