साउन ११ अर्थात सोमबारबाट नागढुंगा सुरुङ सञ्चालन हुँदै
पाविलन्युज

साउन ९, २०८३

काठमाडौँ । निर्माण थालेको ८० महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अबचाहिँ सञ्चालनमा आउने भएको छ ।

सोमबारदेखि सञ्चालन हुने सुरुङ चौबीसै घण्टा खुला हुनेछ । पहिलो लटमा आपत्‌कालीन सवारीसाधनलाई सुरुङ खुला गरिनेछ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो दिन सोमबार एम्बुलेन्स, फायर फाइटिङ र सुरक्षाकर्मीको गाडीका लागिमात्रै अनुमति दिइनेछ ।

सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई शुल्क पनि तोकिसकिएको छ । पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन–मोटोराइज्ड सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई सुरुङमार्गमा निषेध गरिएको छ ।

No data was found

सुरुङमार्गमा शुल्क तिर्न मिल्ने गरी आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधिमा आधारित स्टिकरका रूपमा एन–ट्यागको व्यवस्था गरिएको छ । अहिलेलाई एक, दुई र पाँच हजार नगदको एन–ट्याग लिने व्यवस्था गरिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–२ स्थित, टुटीपाखामा ४ कात्तिक ०७६ मा शिलान्यास गरेसँगै सुरुङ निर्माण थालिएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

साउन ११ अर्थात सोमबारबाट नागढुंगा सुरुङ सञ्चालन हुँदै

एमाले र नेकपाबीच प्रदेशमा सहकार्य गर्ने सहमति

धादिङमा एक वर्षमा ८४३ किलो गाँजासहित ७० जना पक्राउ

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

साढे ७ लाख घुससहित क्वार्टरबाटै पक्राउ परे सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख

यो पनि पढ्नुहोस
पाविलन्युज