नागढुंगा सुरुङमार्गको शिलालेखको विषयमा अरोप प्रत्यारोप
पाविलन्युज

साउन १०, २०८३

काठमाडौं । देशले आधुनिक पूर्वाधार विकासमा नयाँ फड्को मार्दै गर्दा नागढुंगा सुरुङमार्गको शिलालेखलाई लिएर विवाद सिर्जना भएको छ । सुरुङमार्गको शिलालेखबाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नाम मेटाइएको दाबी गर्दै एमालेका नेता तथा कार्यकर्ताहरूले विरोध जनाएपछि सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप चुलिएको छ ।

तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गर्दा अनावरण गरिएको शिलालेख आयोजना स्थलमा नदेखिएपछि एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्- “शिलालेखबाट नाम मेटिएला, तर इतिहास मेटिँदैन” उनले सरकारमाथि निकृष्ट पूर्वाग्रह र प्रतिशोधको आरोप लगाउँदै ‘दुर्भाग्यपूर्ण पतन’को चेतावनीसमेत दिएका छन् ।

तर, यस विषयमा आयोजना पक्षको भनाइ भने फरक छ । सुरुङ निर्माणको काममा अवरोध पुग्ने भएपछि उक्त शिलालेखलाई सुरक्षाका लागि एक वर्षअघि नै झिकेर सडक विभागमा राखिएको आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले स्पष्ट पारेका छन् । भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा भवनमा आगजनी हुँदा उक्त शिलालेखसमेत जलेको र हालसम्म फेला नपरेको पन्थीको भनाइ छ । हराएको शिलालेखको सट्टा नयाँ राख्ने वा नराख्ने भन्ने विषयमा हालसम्म कुनै निर्णय भइसकेको छैन । राजनीतिक हिलोछ्यापाछ्यापकै बीच सोमबारदेखि सुरुङमार्ग सञ्चालनमा आउँदै छ । आयोजना निर्देशक सौजन्य नेपालका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आपत्कालीन सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइनेछ ।

No data was found

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रश्नपत्र सार्वजनिक प्रकरणमा संलग्नलाई कानुनअनुसार कारबाही हुन्छ : शिक्षामन्त्री पोखरेल

नागढुंगा सुरुङमार्गको शिलालेखको विषयमा अरोप प्रत्यारोप

शिक्षा नियमावलीविरुद्ध आन्दोलनको घोषणा

बढ्यो सुन-चाँदीको भाउ

चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस
पाविलन्युज