प्रश्नपत्र सार्वजनिक प्रकरणमा संलग्नलाई कानुनअनुसार कारबाही हुन्छ : शिक्षामन्त्री पोखरेल
पाविलन्युज

साउन १०, २०८३

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन सङ्कायको एमबिएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनअनुसार कारबाही गरिने बताएका छन् ।

मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले प्रश्नपत्र सार्वजनिक प्रकरणमा संलग्न भएको आरोपमा दुई जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिए ।

उनका अनुसार प्रश्नपत्र सार्वजनिक भएको सूचना प्राप्त हुनासाथ शिक्षा मन्त्रालयले गृह मन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी घटनाको निगरानी तथा अनुसन्धान प्रक्रिया तत्काल अघि बढाएको थियो ।

No data was found

मन्त्री पोखरेलले विगतमा पनि परीक्षा तथा प्रश्नपत्रसँग सम्बन्धित यस्ता घटना दोहोरिँदै आएको उल्लेख गर्दै यसपटक भने घटना सार्वजनिक भएलगत्तै कारबाही प्रक्रिया अघि बढाइएको बताए ।

उनले सुशासनविरोधी गतिविधिमा संलग्न जोसुकै भए पनि कानुनको दायरामा ल्याइने स्पष्ट पारे । विस्तृत अनुसन्धानपछि घटनाको वास्तविकता सार्वजनिक गरिने उनको भनाइ छ ।

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

यही साउन ८ गते सञ्चालन भएको एमबिएस प्रथम सत्रअन्तर्गत ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । त्यसपछि घटनाबारे अनुसन्धान अघि बढाइएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रश्नपत्र सार्वजनिक प्रकरणमा संलग्नलाई कानुनअनुसार कारबाही हुन्छ : शिक्षामन्त्री पोखरेल

नागढुंगा सुरुङमार्गको शिलालेखको विषयमा अरोप प्रत्यारोप

शिक्षा नियमावलीविरुद्ध आन्दोलनको घोषणा

बढ्यो सुन-चाँदीको भाउ

चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस
पाविलन्युज