आज पनि बढ्यो सुन-चाँदीको भाउ
पाविलन्युज

श्रावण ११, २०८३

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुन-चाँदीको मूल्य बढेको छ।

आइतबार तोलामा एक हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।

No data was found

आइतबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार तोलामा चार हजार चार सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार चार सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

आज पनि बढ्यो सुन-चाँदीको भाउ

चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

प्रश्नपत्र सार्वजनिक प्रकरणमा संलग्नलाई कानुनअनुसार कारबाही हुन्छ : शिक्षामन्त्री पोखरेल

नागढुंगा सुरुङमार्गको शिलालेखको विषयमा अरोप प्रत्यारोप

शिक्षा नियमावलीविरुद्ध आन्दोलनको घोषणा

यो पनि पढ्नुहोस
पाविलन्युज