माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
राष्ट्रिय समाचार समिति

श्रावण ११, २०८३

चितवन। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा मात्र राजनीति गर्नुपर्ने बताउनुभएको छ । माडीमा सञ्चालित शिव पुराण ज्ञान महायज्ञलाई आज सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचनको बेला राजनीति गरियो, अब सकियो, विकास निर्माण जुटौँ भन्नुभयो ।

उहाँले भन्नुभयो, “राजनीति त चुनावको बेला गरिहालियो नी । चुनावको बेलामा राजनीति गरियो सकियो अब । चुनाव जितेपछि सकियो । जजसले जेजे गरेको भए पनि मत हाल्ने पनि नहाल्ने पनि हाम्रै जनता हुन ।”

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक निर्माण पूरा गरेरै छाड्ने उहाँले जानकारी दिनुभयो । जङ्गलको सडक निर्माण हुनेमा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले निकुञ्जको रूख गणना भइरहेको छ । त्यसपछि सार्वजनिक सुनुवाइ कार्यक्रम हुन्छ । यो जङ्गलको बाटो त बन्छ, बन्छ ।” यत्रो वर्ष बितिसक्दासमेत जनताले जङ्गलको बाटो नै माग गर्नुपर्ने अवस्था दुःखद रहेको उल्लेख गर्दै उहाँले आगामी पाँच वर्षभित्र जङ्गलको सडक निर्माणसँगै रिउ करिडोरलगायत माडीका विकासका योजनालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

No data was found

मन्त्री गौतमले माडीको समग्र विकासका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताउँदै निर्वाचन सकिएकाले अब विकासमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “माडीलाई अलौकिक ढङ्गबाट विकास गर्नका लागि हामी एक ठाउँमा उभिऔँ । समाजमा जस्तो पनि टिकाटिप्पणी हुन्छ, सकेसम्म राम्रो गरौँ ।”

माडीवासीले व्यक्तिगत स्वार्थभन्दा जनताका समस्या लिएर आए आफूले कुनै न कुनै रूपमा समाधान गर्ने प्रयास गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “माडीवासीलाई जे दुःख परे पनि व्यक्तिगत स्वार्थका विषयभन्दा जनताका समस्या लिएर आउनुभयो भने म समाधान कुनै न कुनै तरिकाबाट दिएर पठाउँछु ।”

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मानव अधिकार आयोगको अपिल

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति