काठमाडौँ। राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीसँग छलफल गरेको छ ।
सभापति पुजा चौधरीले त्रिभुवन विश्वविद्यालयको महत्व र इतिहासबारे धारणा राख्नुभएको छ । बैठकमा प्रा डा राजकुमार पोखरेल, डा नीरञ्जन ओझा, डा विष्णु खनालसँग छलफल भएको थियो ।
समितिका सविच सञ्जय दाहालले विश्वविद्यालयको केन्द्रीय इतिहास विभागको महत्वका विषयमा सांसदले चासोका साथ छलफल गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0