भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित
राष्ट्रिय समाचार समिति

श्रावण १२, २०८३

चितवन। नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा  स्वास्थ्यकर्मीले भरतपुर अस्पतालको बहिरङ्ग सेवा बन्द गर्दा  ११ हजारभन्दा बढी बिरामी सेवाबाट प्रभावित भएका छन् ।
शनिबार वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । निजको मृत्यु चिकित्सकको लापर्वाही कारण भएको आरोप परिवारका सदस्य तथा आफन्तले लगाउँदै आएका छन् ।
  लापर्वाहीको गम्भीर आरोप खेप्दै आएका नारायणी अस्पताल वीरगञ्जमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि  आक्रमण हुँदा उहाँ गम्भीर घाइते हुनुभएको विरुद्धमा भरतपुर अस्पतालको उपचार सेवा बन्द गरिएको हो ।
भरतपुर अस्पतालमा सोमबार तीन हजार ५०० ले बहिरङ्ग सेवा लिएका थिए । क्यान्सर अस्पतालमा एक हजार २००, दुई मेडिकल कलेजमा दुई हजारभन्दा बढी र निजी साना अस्पतालमा चार हजारभन्दा बढी बहिरङ्ग सेवामा बिरामी दैनिक आउने गर्छन् ।
  मधुमेह र उच्च रक्तचापको औषधि सकिएर भरतपुर अस्पताल आउनुभएकी मायादेवी लम्सालले उपचार नै रोकेर आन्दोलन गर्दा आफू मर्कामा परेको बताउनुभयो ।
उपचारमा आउनुभएकी रन्जीत तामाङले बहिरङ्ग सेवा बन्द हुँदा आज उपचार गर्न नपाउँदा दुःख पाएको गुनासो गर्नुभयो ।
  भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका दुई मेडिकल कलेज र २३ वटा साना अस्पतालका बहिरङ्ग सेवा बन्द हुँदा बिरामी प्रभावित भएका हुन् ।
नेपाल चिकित्सक सङ्घ, चितवनका वरिष्ठ उपाध्यक्ष डा दीपेन्द्र न्यौपानेले आकस्मिक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिनुभयो ।
  उहाँले चिकित्सकमाथि भएको आक्रमण निन्दनीय भएको भन्दै दोषीलाई  कारबाही नगरेसम्म सेवा सञ्चालन गर्न कठिन हुने बताउनुभयो ।
यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतीय सीमा क्षेत्रदेखि बिरामी आउने गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक

दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

एकैदिन ४२ विपद्का घटना

इजरायल–लेबनान वार्ता अगस्ट ४ देखि

विधेयकको मस्यौदामा सर्वसाधारणमा राय सुझाव माग

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति