विधेयकको मस्यौदामा सर्वसाधारणमा राय सुझाव माग
राष्ट्रिय समाचार समिति

श्रावण १२, २०८३

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानुन आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया अघि बढाउँदै प्रस्तावित विधेयकको मस्यौदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ ।

मन्त्रालयले सोमबार सूचना जारी गर्दै मन्त्रालयद्वारा सञ्चालित सुझाव पोर्टल (lawfeedback.moljpa.gov.np)यविउब।नयख।लउ० मार्फत प्रकाशन भएको मितिले सात दिनभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयका अनुसार विधेयकलाई थप समावेशी, प्रभावकारी र व्यवहारिक बनाउन नागरिक तथा सरोकारवाला पक्षको सहभागितासहित सुझाव सङ्कलन गर्न लागिएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारी विधेयकको तर्जुमा प्रक्रियालाई थप संस्थागत र उत्तरदायी बनाउन नेपाल कानुन आयोगलाई सुदृढ बनाउने तयारी गरिएको बताउनुभयो ।

No data was found

उहाँले कानुन तर्जुमा परामर्शदाता तथा बाह्य निकायमार्फत हुँदै आएको मस्यौदा निर्माणको अभ्यास अन्त्य गरी आगामी दिनमा सरकारी विधेयकको मस्यौदा कानुन आयोगबाटै तयार गर्ने व्यवस्था गर्न लागिएको स्पष्ट पार्नुभयो ।

मन्त्रालयले पछिल्लो समय कानुन निर्माण प्रक्रियालाई थप सहभागितामूलक, पारदर्शी र उत्तरदायी बनाउने नीतिअनुरूप विभिन्न विधेयकका मस्यौदामा सर्वसाधारणबाट राय तथा सुझाव संकलन गर्ने अभ्यासलाई निरन्तरता दिँदै आएको छ । त्यसबाट कानुन निर्माणमा नागरिकको सहभागिता बढ्ने र गुणस्तरीय कानुन निर्माणमा महत्वपूर्ण योगदान पुग्ने मन्त्रालयको विश्वास छ ।

यसैबीच, सोही मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा कानुन निर्माण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । सो अभियानअन्तर्गत मन्त्रालयले यस आर्थिक वर्षमा निर्माण गरिने १६६ वटा विधेयकको सूची सङ्घीय संसद् बुझाइसकेको छ । कानुन सुधार तथा कानुन निर्माण प्रक्रियालाई थप प्रभावकारी, व्यवस्थित र समयबद्ध बनाउने उद्देश्यले मन्त्रालयले विभिन्न सुधारका काम अघि बढाइरहेको छ ।

त्यसक्रममा सर्वसाधारणबाट प्राप्त राय तथा सुझावका आधारमा विधेयकमा आवश्यक परिमार्जन समेत गरिनेछ ।

विधेयक परिमार्जनको काम अर्थ मन्त्रालयको रायपछि मन्त्रिपरिषद्मा पेस गरिनेछ । त्यहाँबाट स्वीकृति भएपछि विधेयक सङ्घीय संसद्मा दर्ता हुनेछ । त्यसमा सङ्घीय संसद् र संसदीय समितिमा विभिन्न चरणमा छलफल भइ पारित हुने संसदीय प्रक्रिया छ । सभाबाट पारित विधेयकलाई सभामुखले प्रमाणित गर्ने र राष्ट्रपतिबाट त्यसमा प्रमाणीकरण भएपछि उक्त विधेयक ऐनका रूपमा लागू हुने छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक

दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

एकैदिन ४२ विपद्का घटना

इजरायल–लेबनान वार्ता अगस्ट ४ देखि

विधेयकको मस्यौदामा सर्वसाधारणमा राय सुझाव माग

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति