नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस
राष्ट्रिय समाचार समिति

श्रावण १२, २०८३

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा पन्छाउन सकस भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित मुग्लिन नजिक आज विहान पहिरो खस्दा सो क्षेत्रमा आवागमन प्रभावित भएको छ ।

डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार अनुमान नगरिएको ठाउँमा एकाएक सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो खसिरहेकाले काममा समस्या भएको छ । केहीबेरअघि केही पन्छाएर आकस्मिक सवारी पार गराएको र दुईतर्फी सडक सञ्चालन गर्न थप केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “थप पहिरो नखसेमा दिउँसोसम्ममा सडक सफा गरेर रोकिएका सवारी पार गराउने तयारी छ । ” मुग्लिन बजारबाट करिब ७०० मिटर नारायणगढतर्फ पहिरोस्थल पर्दछ । चालीस मिटरमाथिबाट ढुङ्गासहितको पहिरो खसेको हो । पहिरोले २० मिटर क्षेत्र ढाकेको छ । सफा गर्न कठिन भइरहेको छ ।

No data was found

नयाँ डाँडोबाट पहिरो खस्न सुरु भएकाले यो बर्सातमा सो ठाउँमा पहिरोको थप जोखिम हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक

दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

एकैदिन ४२ विपद्का घटना

इजरायल–लेबनान वार्ता अगस्ट ४ देखि

विधेयकको मस्यौदामा सर्वसाधारणमा राय सुझाव माग

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति