एकैदिन ४२ विपद्का घटना
राष्ट्रिय समाचार समिति

श्रावण १२, २०८३

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु र विपद्जन्य ४२ घटना भएको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । त्यसअवधिमा सर्पदंशका १२, पहिरोका १२, आगलागीका सात, भारी वर्षाका छ, जनावर आक्रमणका तीन, बाढीको एक र भूकम्पको एक घटना भएका छन् । ती घटनाबाट ३४ जिल्ला प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार सर्पदंशबाट १२, पहिरोबाट चार, आगलागीबाट दुई, भारी वर्षाबाट एक र जनावरको आक्रमणबाट दुई गरी २१ जना घाइते भएका छन् । विपद्का घटनाबाट अनुमानित रु एक करोड २२ लाख ४५ हजार मूल्य बराबरको क्षति भएको छ ।

No data was found

यसैगरी देशभर नौ सडक खण्ड अझै अवरुद्ध छन् भने २२ वटा चौपायातर्फ क्षति भएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक

दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

एकैदिन ४२ विपद्का घटना

इजरायल–लेबनान वार्ता अगस्ट ४ देखि

विधेयकको मस्यौदामा सर्वसाधारणमा राय सुझाव माग

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति