सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
राष्ट्रिय समाचार समिति

श्रावण १२, २०८३

काठमाडौँ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्र्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
सो कार्यालयका प्रवक्ता हेमराज अर्यालले आज विज्ञप्ति जारी गरेर घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट मिलाइएको जनाउँदै घटनाको सत्य तथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अवलम्बन गर्नुपर्ने उपायसहित सात दिनभित्र प्रतिवेदन पेसा गर्न गृह मन्त्रालयले समिति गठन गरेको जानकारी दिनुभएको छ ।
विज्ञप्तिमा घटनमा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीमाथि कडा कानुनी कारवाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जनाइएको छ । कार्यालयले नेपाली समाजले सदियौँदेखि अवलम्बन गरेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै यसलाई खल्बल्याउने कार्य नगर्न सबैमा अपिल गरेको छ । यस स्थितिमा मुलुकमा शान्ति सुव्यवस्था र सामाजिनक तथा धार्मिक सद्भाव कायम राख्नका लागि सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक सङ्घ संस्था, आमसञ्चार माध्यम र सम्पूर्ण जनसमुदायमा अपिल गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति