ज्वालामुखीको घ्याङखोला–सेरिसपानी जोड्ने सडक कालोपत्रे प्रक्रिया सुरु
पाविलन्युज

श्रावण १३, २०८३

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका घ्याङखोला–सेरिसपानी जोड्ने मुख्य सडक खण्ड कालोपत्रे गर्ने प्रक्रिया सुरु भएको छ ।

गाउँपालिकाको केन्द्र तथा विभिन्न वडा जोड्ने घ्याङखोला–अमराई–सिरिसपानी–गैरीगाउँ–दारैगौडा–सातदोबाटे–हटिया हुँदै सेरिसपानी खण्डलाई कालोपत्रे गर्न गाउँपालिकाले निर्माण प्रक्रिया अघि बढाएको हो ।

सडक कालोपत्रेका लागि डिभिजन सडक कार्यालय नुवाकोटका प्राविधिक टोलीसहित स्थानीय जनप्रतिनिधिहरूले मंगलबार सडकको स्थलगत निरीक्षण गरेका छन् । गाउँपालिकाका अध्यक्ष यमनाथ दनै, प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूले निरीक्षण गरेका हुन् ।

No data was found

कालोपत्रेका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी तीव्र पारिएको र छिट्टै बोलपत्र आह्वान गरिने गाउँपालिका अध्यक्ष दनैले जानकारी दिनुभयो । ‘यो हाम्रो गाउँपालिकाको महत्त्वपूर्ण पूर्वाधार विकास योजना हो । यसलाई तोकिएकै समयमा गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित सबै निकायसँग आवश्यक समन्वय र सहकार्य भइरहेको छ,’ अध्यक्ष दनैले भन्नुभयो, ‘सडक स्तरोन्नतिपछि यस क्षेत्रका नागरिकको आवागमन थप सहज, सुरक्षित र भरपर्दो हुनेछ ।

मुख्य ग्रामीण सडक खण्ड कालोपत्रे भएपछि स्थानीयवासीलाई जिल्ला सदरमुकाम धादिङबेँसी तथा राजधानी काठमाडौँसम्म आउजाउ गर्न सहज हुनेछ । साथै, सडकको पहुँच र अवस्था सुधार भएसँगै स्थानीय कृषि उपजलाई बजारसम्म पुर्‍याउन, व्यापार-व्यवसाय विस्तार गर्न र समग्र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने भन्दै स्थानीय खुसी भएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गाउँपालिका अध्यक्षमाथि कुटपिट आरोपमा एकजना पक्राउ

निवृत्त शिक्षकको अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

अमेरिकासँग वार्ता नहुने इरानको स्पष्ट अडान

यो पनि पढ्नुहोस
पाविलन्युज