निवृत्त शिक्षकको अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड
पाविलन्युज

श्रावण १३, २०८३

धादिङ । निवृत्त शिक्षकहरूसँग रहेको ज्ञान, अनुसन्धान र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाज विकासमा निरन्तर सक्रिय रहनुपर्नेमा धादिङका सरोकारवालाहरूले जोड दिएका छन् ।

नेपाल निवृत्त शिक्षक समाज धादिङको १२औँ स्थापना दिवस, २६औँ निवृत्त शिक्षक दिवस, गुरु पूर्णिमा तथा व्यास जयन्तीको विशेष अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले सो कुरा बताएका हुन् ।

सोही समारोहका बिच धादिङको समग्र चिनारी, इतिहास र समसामयिक विषयवस्तु समेटिएको ‘प्रज्ञा वर्तिका’ नामक स्मारिका सार्वजनिक गरिएको छ । सम्पादन मण्डलका सदस्य रमेश अधिकारीका अनुसार स्मारिकामा शिक्षक आन्दोलन, विज्ञान, साइबर सुरक्षा, जिल्लाका ऐतिहासिक स्थल र साहित्यसम्बन्धी २० वटा फरक–फरक विषय समेटिएका छन् ।

No data was found

कार्यक्रममा स्मारिका सम्पादनमा योगदान पु¥याउने डा. नवीनबन्धु पहाडी, रमेश अधिकारी, डा। मोहन कडेल, शालिग्राम अर्याल र विष्णुप्रसाद रिजाललाई कदरपत्रसहित सम्मान गरिएको छ । त्यसैगरी शैक्षिक र सामाजिक क्षेत्रमा योगदान पु¥याएबापत ज्येष्ठ निवृत्त शिक्षक कमलराज कँडेल, संविधानसभा सदस्य पुष्पविक्रम मल्ल र निवृत्त शिक्षक विष्णु भट्टराईलाई पनि विशेष सम्मान प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गाउँपालिका अध्यक्षमाथि कुटपिट आरोपमा एकजना पक्राउ

निवृत्त शिक्षकको अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

अमेरिकासँग वार्ता नहुने इरानको स्पष्ट अडान

यो पनि पढ्नुहोस
पाविलन्युज