सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
राष्ट्रिय समाचार समिति

श्रावण १४, २०८३

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१० कायम भएको छ ।

हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार दुई सय र त्यति नै परिमाणको चाँदी रु चार हजार ३२० कायम भएको थियो । गत मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१० निर्धारण भएको थियो ।

No data was found

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७६ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मानसिक स्वास्थ्यलाई नीतिगत तथा संरचनागत प्राथमिकतामा राख्छौँः मन्त्री पोखरेल

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

सभापति लामिछानेद्वारा कोशी र मधेसका सांसदसँग छलफल

वीरगञ्जमा  निषेधाज्ञा जारी

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति