लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन
राष्ट्रिय समाचार समिति

श्रावण १४, २०८३

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गर्नुभएको गर्नुभएको छ ।

मन्त्रिस्तरीय निर्णय आज गर्दै उहाँले गठन गर्नुभएको वार्ता समितिका सदस्यमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनुभएको छ ।

वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य हुनुहुन्छ । समितिको पहिलो बैठक अहिले केही बेरमा अर्थ मन्त्रालयमा बस्दै छ ।

No data was found

पीडितसँग आजै वार्ता गर्न समितिलाई अर्थमन्त्री वाग्लेले निर्देशन दिनुभएको छ । लघुवित्त पीडित गत साता विभिन्न माग राखेर काठमाडौँ आउनुभएको छ ।

पीडितले लघुवित्त संस्थाबाट भएको वित्तीय शोषण अन्त्य गर्न, किसानलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन, लिलामी वा मिनाहा प्रक्रियामा गुमाएका जग्गा फिर्ता गर्नलगायतका माग राख्नुभएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मानसिक स्वास्थ्यलाई नीतिगत तथा संरचनागत प्राथमिकतामा राख्छौँः मन्त्री पोखरेल

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

सभापति लामिछानेद्वारा कोशी र मधेसका सांसदसँग छलफल

वीरगञ्जमा  निषेधाज्ञा जारी

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति