काठमाडौं । नेकपा (एमाले)की सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेकी छन् । सुनसरीको कप्तानगञ्ज घटनामा गोली चलेको विषयलाई लिएर उनले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेकी हुन् ।
“सुनसरी घटनाको दोषी यो सरकारको प्रधानमन्त्री र गृहमन्त्री हुने कि नहुने रु यो घटनाको जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीको तत्काल राजीनामा माग गर्दछु,” उनले भनिन् ।
उनले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनमा राज्यको धरोहर बचाउन गोली चल्दा तत्कालीन सरकारलाई हत्यारा बनाइएको भन्दै अहिलेको सुनसरीको घटनाको जिम्मा अहिलेको सरकारले लिनुपर्ने उनले बताइन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बच्चाको रगत पिएको भन्दै वर्तमान प्रधानमन्त्रीले स्ट्टाटस लेखेको स्मरण गराउदै
अहिले सुनसरीको युवाको रगत पिउनुभयो भनेर भन्ने कि नभन्ने र? ” उनले प्रधानमन्त्रीलाई प्रश्न सोधिन् ।