वीरगञ्जमा  निषेधाज्ञा जारी
राष्ट्रिय समाचार समिति

श्रावण १४, २०८३

जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको केही क्षेत्रमा आज साँझदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम आज साँझ ५:०० बजेदेखि भोलि बिहान ६:०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
वीरगञ्जको पूर्वमा प्रतिमा चौक बसपार्क बाइपास रोड, पश्चिममा तिलोवे पुल, उत्तरमा गणेश चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।
आदेशमा भनिएको छ, “तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरू जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रोक लगाइएको छ ।” स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम उक्त आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।
पछिल्लो समय वीरगञ्ज क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै शान्ति–सुरक्षा कायम राख्न निषेधाज्ञा जारी गरिएको प्रजिअ दाहालले राससलाई बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मानसिक स्वास्थ्यलाई नीतिगत तथा संरचनागत प्राथमिकतामा राख्छौँः मन्त्री पोखरेल

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

सभापति लामिछानेद्वारा कोशी र मधेसका सांसदसँग छलफल

वीरगञ्जमा  निषेधाज्ञा जारी

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति