काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिबारे कोशी र मधेस प्रदेशका सांसदहरुसँग छलफल गरिरहनुभएको छ ।
सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा आज सभापति लामिछानेले प्रतिनिधिसभामा कोशी र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग संवाद जारी राख्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । सभापति लामिछानेले जिल्ला फर्किएर जनतासँग संवाद गर्न तथा जिल्ला जिल्लामा सद्भाव कायम गर्ने विषयमा पहल गर्न सांसदहरुलाई निर्देशन दिनुभएको रास्वपाका प्रतिनिधिसभा सदस्य अशोक चौधरीले जानकारी दिनुभयो ।
सांसद चौधरीका अनुसार सभापति लामिछानेले वर्तमान परिस्थितिमा जनतामाझ पुगेर सद्भाव कायम गर्ने विषयमा काम गर्न सांसदहरूलाई यसअघि नै निर्देशन दिनुभएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0