रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल
राष्ट्रिय समाचार समिति

श्रावण १५, २०८३

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीको घटनापछि उत्पन्न परिस्थितिलाई साम्य तुल्याइ सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गर्नुभएको छ ।

पार्टी संसदीय दल कार्यालयमा सिंहदरबारमा उहाँले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

उहाँले विश्व हिन्दू महासङ्घका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयाँलसँग पनि छलफल गरिरहनुभएको छ ।

No data was found

सभापति लामिछानेले उहाँहरुसँग सुनसरी र सिरहालगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावका लागि अपिल गर्न आग्रह गर्नुभएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङबेसीमा टेक यात्रा इनोभेसन्सको यात्रा सुरु

सुनसरी घटनाः सुरक्षा अवस्था सामन्यीकरणतर्फ

गाउँ छाड्दै कुपोषण, फेरिँदै भोटेपलाङको दैनिकी

जनसङ्ख्या अध्ययन तथा सूचना केन्द्र स्थापना गर्न माग

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति