काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएकामा दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित स्वर्गीय श्रेष्ठको सानेपास्थित निवासमा पुगेर शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।
समवेदना व्यक्त गर्ने क्रममा राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना तथा सुदृढीकरणका लागि भएका सङ्घर्षमा पु¥याउनुभएको नेतृत्वदायी भूमिका तथा राष्ट्रप्रतिको समर्पणको सराहना गर्नुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0