धादिङबेसीमा टेक यात्रा इनोभेसन्सको यात्रा सुरु
पाविलन्युज

श्रावण १५, २०८३

धादिङ । सूचना प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ धादिङबेसीमा टेक यात्रा इन्नोभेसन्स प्रा.लि. को औपचारिक शुभारम्भ गरिएको छ ।

टेक यात्रा इन्नोभेसन्स आज एक कार्यक्रमका विच  जेआर लायन्स क्लब अफ धादिङ मण्डलीका अध्यक्ष हरि कुमार श्रेष्ठले रिवन काटेर उद्घाटन गर्नुभएको हो । प्रकाश श्रेष्ठ र ओम प्रकाश यादवको संयुक्त लगानीमा टेक यात्रा इन्नोभेसन्स प्रा। लि। सञ्चालनमा आएको छ ।

No data was found

सूचना प्रविधिको क्षेत्रमा रहेको आफ्नो अनुभवलाई व्यवहारिक शिक्षासँग जोड्दै विद्यार्थीहरूलाई आधुनिक प्रविधिमा दक्ष बनाउने उद्देश्यका साथ कम्पनी स्थापना गरिएको सञ्चालक प्रकाश श्रेष्ठले बताउनुभयो ।

कम्पनीले विशेषगरी कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरू का लागि आर्टिफिसियल इन्टेलिजेन्स -एआई, रोबोटिक्स तथा इन्टरनेट अफ थिंग्ज  सम्बन्धी व्यवहारिक तालिम सञ्चालन गर्नेछ। साथै वेब एप्लिकेसन  डेभलपमेन्ट, सफ्टवेयर डेभलपमेन्ट  तथा विभिन्न आईसीटी तालिमहरू समेत सञ्चालन गरिने कम्पनीले जनाएको छ।

“ए जर्नी विथ टेक्नोलोजी“ भन्ने नाराका साथ स्थापना भएको टेक यात्रा इन्नोभेसन्स प्रा.लि. ले विद्यालय, कलेज तथा विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै गुणस्तरीय प्रविधिमूलक शिक्षा तथा तालिम प्रदान गर्ने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङबेसीमा टेक यात्रा इनोभेसन्सको यात्रा सुरु

सुनसरी घटनाः सुरक्षा अवस्था सामन्यीकरणतर्फ

गाउँ छाड्दै कुपोषण, फेरिँदै भोटेपलाङको दैनिकी

जनसङ्ख्या अध्ययन तथा सूचना केन्द्र स्थापना गर्न माग

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

यो पनि पढ्नुहोस
पाविलन्युज