ब्रोड पिक हिमपहिरोमा नेपालीसहित तीन पर्वतारोहीको शव फेला
राष्ट्रिय समाचार समिति

श्रावण १६, २०८३

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १० पर्वतारोहीको खोजीका क्रममा उद्धार टोलीले चार शव फेला पारेको छ। तीमध्ये तीन जनाको शव शुक्रबार बाहिर निकालिएको अधिकारीले जनाएका छन्। खराब मौसमका कारण हेलिकप्टरमार्फत खोजी तथा उद्धार कार्य प्रभावित भएको छ।
गिलगिट–बाल्टिस्तान क्षेत्रीय सरकारले फेला परेका तीन शव नेपाली पर्वतारोही पूर्णबहादुर गुरुङ, ओमानी पर्वतारोही नथिरा अहमद र अमेरिकी पर्वतारोही म्यालोरी गेइसको भएको पुष्टि गरेको छ। शवहरू अस्पताल पठाइएको छ।
अधिकारीका अनुसार चौथो शव पनि फेला परेको छ, तर त्यसको पहिचान अझै खुलाइएको छैन।
गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री अमजद हुसेनले खराब मौसमका कारण शुक्रबार पनि उद्धार कार्य प्रभावित भएको बताउनुभएको छ ।
अल्पाइन क्लब अफ पाकिस्तानका उपाध्यक्ष करार हैदरीका अनुसार ब्रोड पिक आरोहणका क्रममा हिमपहिरो गएपछि पर्वतारोहीहरूको आधार शिविरसँग सम्पर्क विच्छेद भएको थियो।
“टोली बिहीबारदेखि सम्पर्कविहीन छ,” उहाँले भन्नुभयो । खोजी तथा उद्धार कार्यमा पाकिस्तानी सेनाका हेलिकप्टरसमेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार बेपत्ता पर्वतारोहीहरूको खोजी शुक्रबार साँझसम्म जारी राखिएको थियो भने शनिबार
पुनःसञ्चालन गरिनेछ।
आठ हजार ४७ मिटर उचाइको ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो । पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित यस क्षेत्रमा विश्वका ८,००० मिटरभन्दा अग्ला १४ हिमालमध्ये पाँच वटा रहेका छन्।
अल्पाइन क्लबका अनुसार अभियान टोलीमा पाँच नेपाली, एक पाकिस्तानी, एक चिनियाँ, एक ओमानी, एक अमेरिकी तथा अर्का एक विदेशी पर्वतारोही सहभागी थिए। बेपत्ता भएकामध्ये आफ्ना कुनै नागरिक छन् कि छैनन् भन्नेबारे पुष्टि गरिरहेको चीनले आवश्यक परे सहयोग उपलब्ध गराउने जनाएको छ।
अभियानको नेतृत्व नेपालमा जन्मिएका बेलायती पूर्वसैनिक तथा चर्चित पर्वतारोही निर्मल पुर्जा ९निम्स दाई०ले गर्नुभएको थियो ।  उहाँले सन् २०१९ मा विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल १८९ दिनमा आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको थियो ।
ब्रोड पिक आरोहणका लागि अभियान पाकिस्तानस्थित ट्राभल कम्पनी मुभिङ माउन्टेन्सले आयोजना गरेको थियो। कम्पनीका अनुसार अमेरिकी पर्वतारोही म्यालोरी गेइसका लागि यो पाकिस्तानको आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो आरोहण प्रयास थियो।
उत्तरी पाकिस्तानमा हिमपहिरो र तीव्र रूपमा परिवर्तन हुने मौसमका कारण पर्वतारोहण अभियानहरूमा दुर्घटना हुने घटना बारम्बार हुने गरेका छन्।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कुबेत आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याइँदै

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

आज साउन १६ः दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै

अन्तरराष्ट्रिय युवा दिवसमा ‘संसद्सम्म युवाको आवाज’ अन्तरसंवाद

सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति