आज साउन १६ः दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै
राष्ट्रिय समाचार समिति

श्रावण १६, २०८३

काठमाडौँ। कोदो बालीको संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै छ । मन्त्रिपरिषद्को २०८१ साल असार तेस्रो साताको बैठकले गरेको निर्णयअनुसार २०८२ सालदेखि राष्ट्रिय कोदो दिवस मनाउन थालिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रत्येक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाइन्छ ।
सन् २०२३ लाई संयुक्त राष्ट्र सङ्घले कोदोजन्य बाली वर्षको रूपमा मनाएको थियो । राष्ट्रिय कृषक समूह महासङ्घलगायत कृषिसँग सम्बन्धित विभिन्न संस्थाले सरकारलाई दिवस घोषणाको निर्णय गराउन माग गर्दै हरेक वर्ष साउन १५ मा दिवस मनाउँदै आएका थिए । सरकारले घोषणा गर्नुअघि कृषिसँग सम्बन्धित संस्थाले पाँच वर्षसम्म कोदो दिवस मनाएका थिए ।
कृषकको मागबमोजिम तत्कालीन कृषिमन्त्री रामनाथ अधिकारीले यो दिवस घोषणाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । कोदो बालीका लागि धेरै मेहनत गर्नु नपर्ने र स्वास्थ्यका लागि पनि उपयोगी हुने भएकाले यसको प्रवर्द्धनमा जोड दिँदै आइएको छ ।
कोदो दिवस मनाउँदै गर्दा करोडौँको आयात गरिँदै आइएको कोदोको आयात कसरी विस्थापित गर्न सकिन्छ भनेर पहल गर्नुपर्ने कृषिविज्ञ बताउँछन् । राम्रोसँग भण्डारण गरेमा सयौँ वर्ष पनि सुरक्षित रहने भएकाले कोदो भविष्यमा खाद्य सङ्कट हटाउन सहयोगी हुने कृषिविज्ञ कृष्णप्रसाद पौडेलको भनाइ छ ।
कोदोलाई सम्मान गर्न र यसलाई स्थानीय तहमा भएको खाली जमिनमा रोप्ने अभियान चलाउन आवश्यक रहेको उहाँले बताउनुभयो । कोदोमा अन्य बालीमा जस्तो विषादी, रासायनिक मलजस्ता कुनै पनि पदार्थ हाल्न नपर्ने भएकाले यो स्वस्थ र देशका लागि नै फाइदा हुने पनि कृषिविज्ञहरू बताउँछन् ।
मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले नेपाल कुपोषणको दुष्च्रक्रमा फसेको र स्कुल पढ्ने बच्चा कुपोषणजस्तो रोगको सिकार भइरहेका बताउँदै कुपोषणबाट बच्नका लागि कोदोजन्य बालीको उत्पादन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठ मन्त्रालयमा कोदो प्रवर्द्धनको मुख्य अधिकारीका रूपमा कार्यरत हुनुहुन्छ ।
विसं २०७७ मा कोदोलाई राष्ट्रिय महत्वको बालीको रूपमा स्थापित गराउन महासङ्घ र अनाजले कोदो बहस शृङ्खलाको सुरुआत गरेको थियो । यसले गर्दा अहिले कोदोको उपयोग धेरै ठाउँमा बढ्दै गएको गएको छ ।
सीमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन र आयातले आन्तरिक उत्पादन विस्थापन गरेको छ । आर्थिक वर्ष २०७/र७७ मा रु सात करोड १५ लाख २७ हजार बराबरको कोदो आयात भएको तथ्याङ्क छ । आव २०७७र७८ मा रु सात करोड २२ लाख बराबरको कोदो आयात भएको छ भने २०७९/८० मा रु ७३ करोड २० लाख र आव २०८०/८१ मा मात्र रु ७५ करोड ४४ लाख २२ हजार ६५९ बराबरको कोदो आयात भएको सरकारी तथ्याङ्क रहेको छ ।
दोस्रो कोदो दिवसका अवसरमा कृषि विभागले सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–२ ठोकर्पामा विशेष कार्यक्रम आयोजना गरेको प्रवक्ता राजेन्द्र कोइरालाले जानकारी दिनुभयो । सिन्धुपाल्चोक देशमै धेरै कोदो उत्पादन हुने जिल्लामध्येमा पर्दछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कुबेत आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याइँदै

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

आज साउन १६ः दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै

अन्तरराष्ट्रिय युवा दिवसमा ‘संसद्सम्म युवाको आवाज’ अन्तरसंवाद

सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति