‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल
राष्ट्रिय समाचार समिति

श्रावण १७, २०८३

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी पर्वतारोहीहरूको निधन भएकामा दुःख व्यक्त गरेको छ ।
उक्त पार्टीका महासचिव शङ्कर पोखरेलले आज शोक वक्तव्य जारी गर्दै दिवङ्गत आरोहीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । पार्टीका तर्फबाट उहाँले शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
पर्वतारोहणको इतिहासमा कीर्तिमान कायम गर्दै आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल ६ महिना ६ दिनमा आरोहण गरी नेपाल र नेपालीलाई चिनाउन सफल पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ र उहाँका सहयात्रीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधनबाट पार्टी मर्माहत भएको एमालेले  जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

शासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति