शैलेन्द्र अधिकारीको उपन्यास ‘तेजस्’ सार्वजनिक
सम्बाददाता

श्रावण १७, २०८३

काठमाडौँ । लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो आख्यान कृति ‘तेजस्’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच बुद्धविहारका भिक्षु कोण्डन्य, आख्यानकार एवं अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, संस्कृतिकर्मी नानीहेरा शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन पाण्डे र कवि रुपक अलङ्कारले संयुक्त रूपमा पुस्तकको विमोचन गरे।

कार्यक्रममा भिक्षु कोण्डन्यले ‘तेजस्’ मा राणाकालमा बौद्ध समुदायमाथि भएको दमन, भिक्षुहरूको देशनिकाला र पञ्चायतकालमा उनीहरू स्वदेश फर्किएको ऐतिहासिक प्रसंग समेटिएको बताए। उपन्यासले भाषा, संस्कार र संस्कृतिको संरक्षणको सशक्त सन्देश दिएको उल्लेख गर्दै उनले विपश्यना र बौद्ध दर्शनका पक्षहरूलाई कथामा प्रभावकारी रूपमा उतारिएकाले पुस्तक पठनीय बनेको धारणा राखे।

त्यस्तै, आख्यानकार बसन्त बस्नेतले ‘तेजस्’ काठमाडौँको भूगोल र इतिहास बुझ्न उपयोगी कृति भएको बताए। ‘सेतो ख्याक’को दृष्टिकोणबाट कथा बुनिएकाले उपन्यास रहस्यमय बनेको टिप्पणी गर्दै उनले भने, “काठमाडौँको भूगोल र इतिहासका लागि यो एउटा टुर गाइडजस्तै बनेको छ। विद्धानहरूले सङ्गठन नबनाई एक्लाएक्लै काम गर्दा राज्यबाट कतिसम्म सास्ती पाए भन्ने ऐतिहासिक दस्तावेज हो यो किताब।”

No data was found

रास्वपा नेता मिलन पाण्डेले असन, वसन्तपुर, नेवार समुदाय र ख्याकसँग सम्बन्धित अल्पश्रुत कथाहरू पुस्तकमा समेटिएको भन्दै यसले काठमाडौँका सम्पदालाई हेर्ने आफ्नो दृष्टिकोण नै बदलेको बताए।

संस्कृतिविद् नानीहेरा शाक्यले उपन्यासले नेपालमण्डलकालीन कान्तिपुर, वसन्तपुर र कुमारीघरसम्मको परिवेशलाई जीवन्त रूपमा उतारेको बताइन्। नेवार समुदाय कसरी क्रमशः सीमान्तकृत बन्दै गयो भन्ने विषयलाई संवेदनशीलताका साथ प्रस्तुत गरिएको भन्दै उनले नेपाल भाषाका केही शब्दमा भने सामान्य त्रुटि रहेको औँल्याइन्।

कवि रूपक अलङ्कारले लेखक अधिकारीको अध्ययनशीलताको प्रशंसा गर्दै ‘तेजस्’ कुनै एक पात्रको कथा मात्र नभई समयसँगै बदलिएको काठमाडौँ, नेवारी संस्कृति र बौद्ध धर्मको रूपान्तरणको कथा भएको बताए।

लेखक शैलेन्द्र अधिकारीले नेपालबाट बौद्ध भिक्षुहरू देशनिकाला गरिएको इतिहासले आफूलाई गहिरो रूपमा छोएकाले यो उपन्यास जन्मिएको बताए। इतिहास, मिथक र सामाजिक यथार्थलाई जोडेर ‘तेजस्’ तयार पारिएको उनको भनाइ थियो।

शिखा बुक्सले प्रकाशन गरेको यस पुस्तकको मूल्य ७२५ रुपैयाँ तोकिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

शासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

यो पनि पढ्नुहोस
सम्बाददाता