भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
पाविलन्युज

श्रावण १७, २०८३

काठमाडौं । नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गर्ने गर्दछ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्रत्येक महिनाको अन्तिम दिन र १५ तारिखमा नयाँ मूल्य प्राप्त हुने र सोही आधारमा निगमले मूल्य समायोजन गर्ने प्रचलन छ। तर, हिजो १ तारिखमा नयाँ मूल्य प्राप्त भए पनि निगमले हालसम्म नयाँ मूल्यसूची सार्वजनिक गरेको छैन।

स्वचालित मूल्य प्रणालीअनुसार २ रुपैयाँसम्म मूल्य घटाउने वा बढाउने अधिकार निगम व्यवस्थापनलाई हुन्छ। सोभन्दा बढी मूल्य हेरफेर गर्नुपर्ने अवस्थामा निगमको सञ्चालक समितिको बैठक बस्नुपर्ने कानुनी व्यवस्था छ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार हिजो प्राप्त नयाँ मूल्यमा ठूलो परिवर्तन भएकाले सञ्चालक समितिको बैठक बसेर निर्णय भएपछि मात्र नयाँ मूल्यसूची सार्वजनिक गरिनेछ।

No data was found

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति सचिव निगमको सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ । हाल निगमको सञ्चालक समिति अध्यक्षमा मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी छन् ।

सदस्यहरूमा उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, अर्थ मन्त्रालयका सहसचिव शङ्करबहादुर केसी, गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशी र वाणिज्य विभागका महानिर्देशक मोतिराम सापकोटा, यस्तै विज्ञ सदस्यका रूपमा नरबहादुर ऐर, सदस्य सचिवमा ई। दीपक बराल र आमन्त्रित सदस्यमा आधिकारिक ट्रेड युनियनका वीरेन्द्रबहादुर चन्द छन् ।

निगम स्रोतका अनुसार यसपटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य दोहोरो अंकले बढेर आएको छ ।

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीमा पनि मूल्य वृद्धि देखिएको छ,’ स्रोतले भन्यो, ‘शनिबार र आइतबारको बिदाले सञ्चालक समितिको बैठक बस्न ढिलाइ भएको हो । बैठकले निर्णय गरेपछि मात्र नयाँ मूल्य कार्यान्वयनमा आउनेछ ।’

भारतबाट मूल्य बढेर आएका कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्ने निश्चित देखिएको छ, तर निगमले कहिलेसम्म नयाँ मूल्य सार्वजनिक गर्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

शासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

यो पनि पढ्नुहोस
पाविलन्युज