जागरण अभियान सञ्चालन गर्दै एमाले
राष्ट्रिय समाचार समिति

श्रावण १८, २०८३

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी विस्तारको दायरा फराकिलो बनाउन हरेक वर्ग, समुदाय र पेसागत क्षेत्रलाई समेटेर जागरण अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।

पार्टीका प्रदेश कमिटीका पदाधिकारी र ‘मिसन पार्टी जागरण अभियान’ का केन्द्रीय प्रतिनिधिसँग आज भर्चुअल बैठक गर्दै महासचिव पोखरेलले पार्टीको जनतासँग टुटेको सम्बन्धलाई जोड्ने उद्देश्यका साथ अभियान ल्याइएकाले प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

पार्टीले अभियानका लागि सबै पालिका तहसम्म केन्द्रीय प्रतिनिधि खटाएको छ । महासचिव पोखरेलले पार्टीमा सङ्गठनात्मक पुनःगठनको कार्यलाई तल्लो तहसम्म विस्तार गरिने बताउनुभयो ।

No data was found

पार्टीका सचिव भानुभक्त ढकालले सदस्यता नवीकरणको समय सीमा अभियानका क्रममा सदस्यता नवीकरणलाई पनि तीव्रता दिइने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग

राष्ट्र बैङ्क ऐनमा ‘डिजिटल करेन्सी’

महासङ्घका थप तीन विषयगत समिति गठन

इञ्जिनियरको भूमिकामा पूर्वाधार विकास र गुणस्तर निर्भर रहन्छ : मन्त्री श्रेष्ठ

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति