कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
राष्ट्रिय समाचार समिति

श्रावण १८, २०८३

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ ।

संसदीय दलको आज बसेको बैठकले ती घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै घटनामा मृत्यु भएका र थुप्रै व्यक्ति घाइते भएकोप्रति दुःख व्यक्त गरेको छ ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक बासना थापाले भन्नुभयो, “घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग जोडदार माग गर्दछौँ । भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन सबै पक्षलाई हार्दिक अपिल गर्दछौँ ।”

No data was found

बैठकले सदियौँदेखि एकअर्काको धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै आपसी भाइचारा, बन्धुत्व र सामाजिक सद्भाव कायम रहँदै आएको अवस्थामा सामाजिक विद्वेष फैलाउने घटना हुनु दुःखद भएको जनाएको छ ।

कांग्रेसले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारसँग आग्रह गर्दै भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र संयमता कायम राख्न सबै पक्षलाई अपिल गरेको छ ।

बैठकले नागरिक, सांसद र संसद्बीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘कांग्रेस संसदीय दल सांसद समन्वयसम्बन्धी कार्यादेश’ पारित गरेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि, २०८३ पनि बैठकले पारित गरेको छ । बैठकले कांग्रेसका वरिष्ठ नेता स्व गोपालमान श्रेष्ठ, पूर्वमन्त्री राजेन्द्र खरेल तथा अन्य दिवङ्गत व्यक्तित्वहरूप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग

राष्ट्र बैङ्क ऐनमा ‘डिजिटल करेन्सी’

महासङ्घका थप तीन विषयगत समिति गठन

इञ्जिनियरको भूमिकामा पूर्वाधार विकास र गुणस्तर निर्भर रहन्छ : मन्त्री श्रेष्ठ

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति