ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार
सम्बाददाता

श्रावण १९, २०८३

काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार गरी समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।

यही साउन १७ गते सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ निवासी ३३ वर्षीया प्रभा ढुङ्गानाले नवजात शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तश्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।

चिकित्सकको सिफारिसका आधारमा उहाँलाई तत्काल हवाई उद्धार गरी परोपकार स्त्री तथा प्रसूति गृह, थापाथलीमा ल्याइएको छ, जहाँ विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

No data was found

त्यसैगरी, यही साउन १८ गते जुम्लाको चन्दननाथ नगरपालिका निवासी २८ वर्षीया काशीकला धरलाको गर्भमै शिशुको मृत्यु भएपछि उहाँको स्वास्थ्य अवस्था ज्यान जोखिमपूर्ण बनेको थियो । चिकित्सकीय सिफारिसअनुसार उहाँलाई तत्काल हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा ल्याई विशेषज्ञ उपचार सुरुआत गरिएको छ ।

दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले समयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ । यस सेवाले आकस्मिक अवस्थामा जीवनरक्षक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुका साथै मातृ मृत्यु न्यूनीकरण, सुरक्षित मातृत्व प्रवद्र्धन तथा दुर्गम क्षेत्रका महिलाको जीवनरक्षामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

मन्त्रालयले दुर्गम क्षेत्रका महिलालाई आवश्यक परेको अवस्थामा समयमै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न यस्ता जीवनरक्षक सेवालाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छः परराष्ट्रमन्त्री

राष्ट्र निर्माणमा नेपाली सेनासँगको सहकार्य अपरिहार्य छ स् सांसद पाण्डे

यो पनि पढ्नुहोस
सम्बाददाता