पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल
राष्ट्रिय समाचार समिति

श्रावण १९, २०८३

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले पर्यटन क्षेत्रको विकासलाई व्यवस्थित गर्न पर्यटन विधेयकलाई समयानुकूल संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उहाँले विधेयकमा आधुनिक पदमार्ग, आरोग्य पर्यटन, सांस्कृतिक र सहासिक पर्यटकलगायतका बहुआयामिक विषयबस्तुलाई समेटिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

मन्त्री पौडेलले तीन वर्षअघि ड्राफ्ट भएको पर्यटन विधेयक राष्ट्रियसभामा पेस भई प्रतिनिधिसभामा आएको भए त्यसमा विस्तृत संशोधन जरुरी रहेको बताउनुभयो ।

No data was found

उहाँले भन्नुभयो, “पर्यटनको प्रशस्त सम्भावना बोकेको देशलाई व्यवस्थित बनाउने बलियो कानुन आवश्यक छ, विधेयकमाथि सरोकारवालबीच छलफल र सांसदबाट आवश्यक सुझाव चाहिन्छ ।”

समितिमा उक्त विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा भाग लिदै सांसदले सरोकारवाला, पर्यटन क्षेत्रका जानकार, व्यवसायी र सम्बन्धित सङ्घसंस्थासँग छलफल गरी विधेयकलाई गुणस्तरीय तुल्याउन सुझाव दिनुभयो ।

त्यसअवसरमा समिति सभापति सुम्नीमा उदासले तीन तहको सरकारको साझा अधिकारसँग जोडिएको पर्यटक विधेयक निर्माणदेखि कार्यान्वयनसम्मको अवस्थालाई मध्यनजर गरी संशोधन गर्नुपर्ने बताउनुभयो ।

सांसद जगदीश खरेलले उक्त विधेयक देशको विकास र समृद्धिसँग जोडिएकाले यसलाई जति सक्दो छिटो कानुनी रुप दिनुपर्ने बताउनुभयो ।

सांसद गणेशबहादुर विश्वकर्माले पर्यटन क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक पक्ष समेत समेट्ने गरी विधेयक ल्याइनुपर्ने धारणा राख्नुभयो ।

सांसद भूमिका लिम्बू सुब्बाले विधेयकमा बहुसांस्कृतिक संग्रालयको अवधारणा समेट्न सुझाव दिनुभयो ।

सांसद अनुश्का श्रेष्ठले विधेयकको सैद्धान्तिक छलफलकै चरणमै सरोकारवालाबीच पर्याप्त छलफल चलाएर सुझाव लिन सल्लाह दिनुभयो ।

प्रतिनिधिसभा सदस्य वीना गुरुङ, डा अर्जुनकुमार कार्की, श्रीधर पोखरेललगायतले युग सुहाउँदो पर्यटन क्षेत्रको विकास र विस्तारका लागि विधेयकलाई प्रभावकारी र गुणस्तरीय तुल्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छः परराष्ट्रमन्त्री

राष्ट्र निर्माणमा नेपाली सेनासँगको सहकार्य अपरिहार्य छ स् सांसद पाण्डे

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति