प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत
राष्ट्रिय समाचार समिति

श्रावण १९, २०८३

काठमाडौँ। प्रतिनिधिसभामा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरुरी सार्वजनिक महत्त्वको विषय प्रस्तुत गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थकमा नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महर र नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई रहनुभएको छ ।

नेता आङ्देम्बेले तत्काल गर्नुपर्ने कामको साझा कार्ययोजना तयार पारी कार्यान्वयन सुरु गर्न उक्त प्रस्ताव ल्याइएको बताउनुभयो । उहाँले सभामुखमार्फत सरकारलाई सात दिनभित्र एकीकृत कार्ययोजना सार्वजनिक गर्न माग गर्नुभयो ।

No data was found

सरकारले प्रत्येक १५ दिनमा प्रगति विवरण समितिमा पेस गर्नुपर्ने र र समस्या समाधान नभएसम्म मासिक रूपमा सदनलाई जानकारी गराउनुपर्ने प्रस्तावमा उल्लेख छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छः परराष्ट्रमन्त्री

राष्ट्र निर्माणमा नेपाली सेनासँगको सहकार्य अपरिहार्य छ स् सांसद पाण्डे

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति