विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता
सम्बाददाता

श्रावण २०, २०८३

काठमाडौं। देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता भएका छन् । साथै, अन्य २० जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन १८ गते बिहान १०ः०० देखि साउन १९ गते बिहान १०ः०० बजेसम्म सर्पदंश, आगलागी, बाढी, पहिरो, अतिवृष्टि, चट्याङ तथा वन्यजन्तु आक्रमणलगायत घटना भएका हुन् । बाढीमा परी दुई जनाको मृत्यु भएको तथा एक जना बेपत्ता भएका हुन् । बाढीमा परी अन्य तीन जना घाइते भएका छन् भने सर्पदंशबाट ११, आगलागीबाट दुई, पहिरोबाट एक तथा वन्यजन्तुको आक्रमणबाट तीन जना घाइते भएका छन् । घटनाबाट १०२ जनाको उद्धार गरिएको छ भने ३३० जना प्रहरी परिचालन भएका थिए ।

यसैबीच, प्राधिकरणका अनुसार वैशाख १ देखि साउन १९ गतेसम्म देशका विभिन्न भागमा भएका चार हजार १५९ विपद्का घटनामा १९८ जनाको मृत्यु, चार जना बेपत्ता तथा एक हजार २४६ जना घाइते भएका छन् । यस अवधिमा पाँच हजार २७० परिवार प्रभावित भएका छन् । सबैभन्दा बढी एक हजार ३४ वटा आगलागी, ७४५ वटा सर्पदंश र ७२० वटा पहिरोका घटना भएका छन् ।
–––

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

शिक्षक आन्दोलन: मागको सम्बोधन, संवाद र नेतृत्वको प्रश्न

३० वर्षमाथिको नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण

सुनसरी–सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

सदनमा उठाइएका जनसरोकारका विषयको प्रगति सांसदलाई जानकारी गराइँदै

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

यो पनि पढ्नुहोस
सम्बाददाता