काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु चार हजार ५७० पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ४७५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६५ र चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0