नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह
राष्ट्रिय समाचार समिति

श्रावण २१, २०८३

काठमाडौँ।  नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चार्टर्ड एकाउन्टेन्ट नागेन्द्र साह नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बुधबारको  बैठकले उहाँलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो ।
धनुषाको नगराइन नगरपालिका–३ निवासी साहले यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
साह खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशकमा चयन हुनुभएको हो । निगमको कार्यकारी निर्देशक नियुक्तिको सिफारिस गर्न गठित समितिले यही साउन १७ गते उक्त पदमा नियुक्तिका लागि साहसहित प्यूठानका कौशल केसी र सप्तरीका सञ्जिकुमार देवको नाम सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

कांग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

राष्ट्रियसभाः स्वास्थ्य बिमा तथा किसानका समस्यामा ध्यानाकर्षण

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति